समितिले धमिलिकुवामा मंगलबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि आयोजना हुने तस्रो राइनास कप फुटवल प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । समितिका अध्यक्ष किरण श्रेष्ठले सुरुका वर्ष १२ टिम र गतवर्ष १८ टिम सहभागि प्रतियोगितामा यसवर्ष बढ्ने दावी गर्नुभयो ।
गतवर्ष प्रथम पुरस्कार २ लाख रुपैयाँ रहेकोमा यसवर्ष बढाएर ३ लाख रुपैयाँ पु¥याएको छ । विजेताले साथमा कप, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले गतवर्ष १ लाख रुपैयाँ पाएकोमा यसवर्ष १ लाख ५० हजार रुपैयाँ बनाएको छ । साथमा कप, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, सेमीफाइनल पराजित २ टीमलाई गतवर्ष २०÷२० हजार रुपैयाँ नगद दिइएकोमा यसवर्ष बढाएर ३०÷३० हजार रुपैयाँ पु¥याइएको छ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार दिइने र हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरी १ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार ११ ‘ए’ साइडको खेलमैदानमा एउटा टिमबाट ११ जना खेलाडी खेलाइनेछ । एउटा टिमबाट १ जना टिम कोच तथा म्यानेजरसहित १९ जना खेलाडी आह्वान गरिएको छ । आयोजकका अनुसार प्रतियोगितामा १७ लाख २२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमा राइनास नगरपालिकाले आफ्नो कार्यक्रममै समावेश गरेर उक्त खेल मैदानका लागि ८ लाख रुपैयाँ दिने भएको छ ।
फुटवल प्रतियोगिताको तयारीको लागि अध्यक्ष किरण श्रेष्ठको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै, कोषाध्यक्ष बेदप्रकाश भुजेलको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति, सचिव सीताराम पाण्डेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, रविन पाण्डेको संयोजकत्वमा मञ्च तथा खेल व्यवस्थापन उपसमिति, गणेश गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, सोचना लौडारीको संयोजकत्वमा अतिथि सत्कार र सम्मान उपसमिति साथै सरोज तामाङको संयोजकत्वमा आयोजक खेलाडी छनौट उपसमिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा राइनास नगरपालिका ६ का वडाअध्यक्ष गोविन्दराज चिलुवाल, नेपाली कांग्रेस राइनास नगर समिति सभापति श्रीकृष्ण पौडेल, लमजुङ उद्योग बाणिज्य संघ राइनास इकाई अध्यक्ष आनन्द श्रेष्ठ, उपाध्यक्ष प्रकाश थपलिया, सचिव सुनिल बख्रेल, राइनास नगरपालिका निवर्तमान कार्यपालिका सदस्य अर्जुन भुजेललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन आयोजक गौलीटार क्षेत्रीय खेलमैदान समितिका सचिव सीताराम पाण्डेले गर्नुभएको थियो ।








