राईनास, लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) राईनास नगर कमिटीको पहिलो पुर्ण बैठक बुधबार सम्पन्न भएको छ । राईनास नगरपालिका वडा नम्बर ५ स्थित दलित मैत्री भवनमा भएको बैठकको अध्यक्षता नेकपा एमाले राईनास नगर कमिटीका अध्यक्ष पुर्ण बहादुर गुरुङले गरेका थिए ।
त्यस्तै बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिवलय सदस्य तथा राईनास नगरपालिकाका नगरप्रमुख सिंह बहादुर थापा प्रमुख अतिथि रहेका थिए । भने बिशेष अतिथिमा जिल्ला कमिटी सचिवालय सदस्य अविरल न्यौपाने र जिल्ला कमिटी सदस्य पृथ्वी राज गुरुङ रहेका थिए ।
बैठकले नेकपा एमाले राईनास नगर कमिटीको पहिलो अधिबेशनमा भएको खर्चको अनुमोदन गरेको राईनास नगर कमिटीका अध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै बैठकले नगरको प्रथम अधिबेशन भव्यताका साथ सम्पन्न भएको समीक्षा गर्दै निर्वाचित सबैमा बधाई, शुभकामना र कार्य सफलताको कामना गरेको पनि अध्यक्ष गुरुङले जानकारी दिए । गुरुङले भने पार्टीको दशौं माहाधिबेशनमा जनपरिचालनको बिषयमा पनि छलफल गर्दै वडा कमिटी अध्यक्षहरुलाई आवश्यक निर्देशन दिएको जानकारी दिए । त्यस्तै बैठकले नगर कमिटी सदस्य चुणामणी पन्तकि ममता महि माताको ८८ बर्षको उमेरमा भएको दुःखद निधनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना सहितको शोक प्रस्ताव पारित गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
कार्यक्रमको संञ्चालन नगर कमिटी सदस्य गोविन्दराज न्योपानेले गरेका थिए ।









