झापा/झापा जिल्ला भरी र हल्दिबारी मा युवामाझ नौलो नाम होइन अबिषेक खतिवडा । शैक्षिक ,नैतिक ,तथा अन्य क्षेत्र होस या सामाजिक क्षेत्र पछिल्लो समयमा उनको नाम अग्रभागमा नै आउने गरेको छ । युबा तथा खेकलुद बिकास समिति ,सामुदायिक वन,तथा अन्य विभिन्न संघ सस्था मा समेत रहेका खतिवडा ले थुप्रै युवाहरुलाई सामाजिक र कर्तव्यबोध बन्न पनि प्रेरित गरेर सहयोग पनि गर्दै आएकाछन् ।
ब्याक्तिगत जीवनभन्दा सामाजिक र बैचारिक जिवनमा सक्रिय र रमाउन खोज्ने युवा खतिवडा खेलकुद, स्वास्थ्य, सामुदायिक संघ सस्था ,युबा कल्ब,समुदाय सुधार सस्था साथै रक्तसञ्चार लगायतको क्षेत्रमा पनि सक्रिय रहेकाछन् । बिद्यार्थी तथा युबा र हल्दिबारीमा रहेका युवाहरुका अधिकाँश संघसंस्थामा उनको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहदै आएको छ ।
हल्दिबारीका सामाजिक गतिविधिहरुमा उनको उपस्थिति देखिन्छ । जसका कारण उनको हल्दिबारी भित्र सामाजिक क्षेत्रमा एउटा बेग्लै पहिचान बनेको छ । युवाहरुलाई संगठित गर्ने र नेतृत्वदायी भुमिका मा उभिन सक्ने बनाएर सामाजिक क्षेत्रमा संगसंगै लैजाने आफ्नो उदेश्य रहने गरेको उनि बताउछन् ।
मिजासिलो स्वभावका कारण उनि जो कोहिसंग पनि सजिलै घुलमिल हुन सक्छन् । हल्दिबारी मा छोटो समय तथा कम उमेरमा आफुलाई स्थापित गर्दै, सफल सामाजिक युवा अभियान्ताको रुपमा खतिवडा ले आफुलाई उभ्याइ सकेका छन । कहिले चोक र बजार का फोहोर टिपेर , कहिले सास्कृतिक कार्यक्रम र कहिले नकारात्मक कार्यको संाकेतिक बिरोध र सकारात्मक अभियान र र्याली मा नेतृत्व गर्ने खतिवडा अहिले २१ बर्ष मात्र पुग्दै छन। कलिलो उमेर देखि खतिवडा ले नयमित रुपमा रक्तदान पनि गर्दै आएका छन उनी ले १८ बर्ष देखि युबा हरु ले रक्तदान गर्नु पर्छ भन्ने कुरा को धेरै लाई प्रेरित समेत गराइसकेका छन।








