पालुङटार नगरपालिका वडा नम्बर ०५ मा सम्पन्न भएको तेस्रो वडा कप फुटवल प्रतियोगिताको उपाधी मस्र्याङ्गदी युवा कल्बले जितेको छ । पौष ४ गते भएको फाइनल खेलमा उप बिजेता बौद्व हिमाल युवा कल्बलाई १-० गोल अन्तरले हराउदै मस्र्याङ्गदीले उपाधी हात पारेको हो ।

फुटवल प्रतियोगितामा विजेता भएको मस्र्याङ्गदी युवा कल्बले नगद रु.३०,००० सहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै उप विजेता बनेको बौद्व हिमाल युवा कल्बले नगद रु.२०,००० सहित ट्रफि, मेडल र प्रमाण पत्र समापन कार्यक्रमका प्रमुख अतिथी पालुङटार नगरपालिका वडा नम्बर ०५ का वडा अध्यक्ष दिपक पाण्डेले प्रदान गरेका थिए । त्यस्तै मस्र्याङ्गदी युवा कल्बका खेलाडी रामकाजी थापा फाइनल फुटबल खेलको म्यान अफ दि म्याच घोषणा भएका छन् ।

त्यस्तै कार्यक्रममा खेल अवधी भरको उत्कृष्ट खेलाडी र उच्च गोल कर्ता मस्र्याङ्गदी युवा कल्बकै खेलाडी रामकाजी थापा भएका छन् । खेल अवधीभरको उत्कृष्ट डिफेन्सर बौद्व हिमाल युवा कल्बका खेलाडी बरदान श्रेष्ठ भएका छन् भने उत्कृष्ट गोल रक्षक मस्र्याङ्गदी युवा कल्बका खेलाडी शन्देस गुरुङ्ग भएका छन् । त्यस्तै पुरस्कार प्रदान गरिएको उत्कृष्ट कोचमा पनि मस्र्याङ्गदी युवा कल्बका कोच गोबिन्द बस्नेतले जितृका छन् ।
पौष १ गतेबाट संञ्चालन भएको खेलमा वडा भित्रका ५ टिम सहभागी भएका थिए । यस पटकको वडा कप फुटबल खेलको संञ्चालनको जिम्मा शिव शक्ति युवा कल्ब तल्लोफँटले भएको थियो । समापन कार्यक्रको सभापतित्व शिव शक्ति युवा कल्बका अध्यक्ष इश्वर भण्डारीले गर्नु भएको थियो । कार्यक्रको उद्घोषण शिव शक्ति युवा कल्बका सदस्य धिरज थापाले गरेका थिए ।
माझाटारमा रहेको खेल मैदानमा प्रदेशले तिनकोठे शौचालय बनाइदिने

पालुङटार नगरपालिका वडा नम्बर ०५ मा रहेको खेल मैदानमा प्रदेश सरकारले तिन कोठे शौचालय बनाइदिने भएको छ । उक्त खेल मैदानमा सुरु भएको तेस्रो वडा कप फुटबल प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख अतिथीका रुपमा आएका गण्डकी प्रदेशक सरकारका युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ्गले मैदानमा शौचालयको अभाव देखिएको भन्दै आफ्नो पहलमा तिनकोठे शौचालय बनाइदिने भन्दै उद्घोषक मार्फत बेल्न लगाएका थिए । उक्त खेल मैदान पालुङटार नगरपालिका वडा नम्बर ०५ स्थित भवानी माध्यामिक विद्यालयको हो ।









