गोरखा जेठ, १५ । गोरखाको पालुङटार लिगलिगकोटमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय महिला कब्बडी प्रतियोगितामा कास्कीले प्रथम स्थान हाँसिल गरेको छ । फाईनलमा पुगेको बाग्लुङलाई हराउँदै कस्कीले प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।
प्रथम भएको कास्कीले नगद रू. ७५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । भने दोस्रो बनेको बाग्लुङले नगद रू. ५० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तै प्रतियोगितामा तृतीय म्यादी र तनहुँले आफ्नो स्थान सुरक्षित गरेका छन् । तृतीय स्थान हाँसिल गरेमा दुबै टिमले नगद रू. ३० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

पालुङटार नगरपालिकाको प्रयटकिय र ऐतिहासिक स्थान लिगलिगकोटमा जेठ १४ र १५ गते सम्म संचालन भएको प्रतियोगिताको आज समापन भएको हो । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न भएको समापन समाहरोहमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको विषेश अतिथिहरुमा जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्ता सिंह बस्नेत, रेफ्रीहरु रहनु भएको थियोे । खेलाडीहरुलाई प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष लगाएतले मेडल, प्रमाणपत्र, ट्रफी र पुरस्कारको चेक बितरण गरेका थिए । प्रतियोगिता जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापनमा भएको हो ।









