कहिले तिमीसङ्ग गरेका त्यी मिठा बात सम्झन्छु,
कहिले म आफ्नै घरको फितलो हालत सम्झन्छु,
तिमीले सधैं बर्गर अनि पिजाको कुरा गर्छौ अनि,
म आफु कठिनले खाएको मकैको भात सम्झन्छु,
जब तिमी आयौ भ्रमले आखा उज्यालोमा गएछ,
आज म बस्नुपर्ने निष्पट्ट अौँशीको रात सम्झन्छु,
तिमीले गरेको व्यवहारले यहाँ नेर दुख्छ मलाई,
अनि मैले तिम्रो अगि आफ्नो आैकात सम्झन्छु,
तर्क गर्न सक्तिन म झरिहाल्छ अश्रुधारा पहिल्यै,
अनि पुन तिमीसङ्ग गरेका त्यी मिठा बात सम्झन्छु।।
लेखिका : सरला खनाल
आरूघाट,गोरखा।।









