पालुङटार नगरपालिका वडा नम्वर ०४ स्थित देवकोट निवासी एक महिला टीका नेपाली हिजो साँझ चितुवाको आक्रमणबाट घाइते भएकी छन् । हिजो साँझ करिब ५ बजेतिर घरबाट गाईखुर जाँदै गर्दा उनलाई बाटोमा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ठाँटिपोरखीका अनुसार स्थानिय र प्रहरीले उनलाई आँपपिपल अस्पताल पुर्याएका थिए ।
उनको आँपपिपल अस्पतालमा उपचार भएरईरहेको छ ।



