काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न जसपाले बैठक बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशमा राजनीतिक माहोल तरंगित बनेको छ । त्यस्तै आज नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ । बैठकमा कांग्रेससहित सत्तारुढ दल नेकपाकै असन्तुष्ट पक्ष, जसपा, राप्रपा लगायतका दलहरु उपस्थिती रहनेछ ।
जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
सोमबार, पुष ०६, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया









