नेकपा -एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केपी ओलीलाई प्रधानमन्त्री बनाउन सबै एकजुट हुनु पर्ने र ओली प्रधानमन्त्री हुन सकेमात्र मुलुक बन्ने बताउनु भएको छ । आज दोर्दी गाउँपालिका वडा नं. ८ हिलेबजारमा एमालेको चुनाव लक्षित आयोजित कोणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले निस्वास्र्थ रुपमा देश बनाउने ओली मात्र भएकाले उहाँकै नेतृत्वमा सरकार बन्न गरी बहुमत पुग्नेगरी जिताउनका लागि आग्रह गर्नुभएको हो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले ठूला ठूला विकासको कामहरु गरेको उहाँको भनाई छ । एमालेले आगामी निर्वाचनमा जित्नुपर्ने र यदि नजिते जनताको भाग्य र भविष्या नै संकटमा पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, एमालेले जित्दै ओलीले नै जनताको भाग्य र भविष्या माथि उठाउने र घरमै बसीबसी समृद्ध नेपाल देख्न र अनुभूति गर्न सक्नेछ । अमेरिका, अस्टेलिया जानु नपर्ने र नेपालमै त्यहाँका सुविधाहरु सिर्जना हुने गरी समृद्ध नेपाल बनाउने अभियानमा एमाले रहेको छ । त्यस्तै, उहाँले भन्नुभयो, मलाई गण्डकी प्रदेश सरकार राम्रो बनाउन सक्नेले अब संघमा समेत सरकार चलाउन सक्ने देखेर संघमा पार्टीले उठाएको छ । गण्डकी प्रदेशमा एमालेको बहुमत आएमा मुख्यमन्त्रीमा खगराज अधिकारी र मन्त्रीहरुमा पहिलो हकदार लमजुङ हुने उपमहासचिव गुरुङले बताउनुभयो । एमालेको बहुमत आउने गरी रातिदिन बोकनिन्द्र नभनी चुनावी प्रचार प्रसारमा लाग्नलाई कार्यकर्ता एवं एमाले शुभचिन्तकहरुलाई उहाँले आग्रह गर्नुभयो । सत्तामा बसेरहरुले चुनावमा जालझेल, धाधली गर्न सक्ने भएकाले यसको प्रतिकारमा उत्रिनलाई सबै तयारी अवस्थामा रहन उहाँले निर्देशन दिनुभएको छ । जनताले एमालेलाई दिएको मतको मात्र सुरक्षा गर्न सकेमा गण्डकी प्रदेशमा १८ मध्ये १४ सिट र लमजुङको तीन वटै सिट जित्न सक्ने उहाँको दाबी छ । जनताले यतिका सिट जिताउने गरी हामीलाई विश्वास गरिसकेको छ । हामीले यसअघि गरेका राम्रो काम देखेर विश्वास गरेको र आगामी निर्वाचन पछि निर्वाचित भएकाले जनताको विश्वास टुटन नदिने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यस्तै, उहाँले भन्नुभयो, लमजुङका जिल्लाको भाग्य र भविष्या एमालेले जितेमा मात्र हुनेछ । यदि एमाले हारेमा जिल्लाको दुरदशाको दिन सुरु हुने उहाँको भनाई छ । समृद्धिको ढोका खोल्दै जनतालाई सुखी बनाउन एमालेको प्रदेशदेखि सघमा समेत सरकार बन्नेगरी जनताले साथ दिनुपर्ने एमाले उपमहासचिव गुरुङको भनाई छ ।
त्यस्तै, लमजुङ निर्वाचन प्रदेश क का उम्मेदावर एवं एमाले केन्द्रिय सदस्य जमिन्द्रमान घलेले लमजुङको विकास हुनलाई एमालेको जित आवश्यक रहेकाले तीन जना नै एमालेको उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । जिल्लामा जनाताले सबैभन्दा धेरै दुखमा नाम लिने नेतामा आफू रहेकाले मत दिने बेलामा पनि प्रदेश क मा आफूलाई दिएमा भोलिका दिनहरुमा अझै सहयोग गर्न सम्भव हुने उहाँको भनाई छ ।



