नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल ( YCL Nepal) को गोरखा ईन्चार्जको जिम्मेवारी गुणराज खनालले पाएका छन ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति जीवन सुरूवात गरेका नेता खनाल पब्लिक युथ क्याम्पसको अखिल क्रान्तिकारीको अध्यक्ष हुदै केन्द्रिय सचिवालय सदस्य समेत भएका थिए । युवा भएर यूवाको काम गर्नुपर्छ भन्दै केहि समय अघि सम्पन्न YCL Nepal को केन्द्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका उनी युवाहरूको रोजाईका पात्र हुन ।
युवाहरु व्यवसाय सँगै राजनीतिमा जोडिनु पर्छ भन्ने उनी एक सफल व्यवसायी पनि हुन । हर समय पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै आएका खनाले अबका दिनमा पनि पुर्ण रुपमा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् ।









