लमजुङ । नेकपा एमाले राईनास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार तिनपिप्लेमा भएको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पुर्ण बहादुर गुरुङ सर्वसम्मतले चयन भएका छन् । भेलाले गुरुङको अध्यक्षतामा ६७ सदस्यीय नगरकमिटी गठन गरेको हो ।
नगरकमिटीको उपाक्ष्यमा धुर्व अकेला चिलवाल, सचिवमा बलराम घिमिरे, उपसचिवमा अन्नत त्रिपाठी र शान्ता न्यौपाने सर्वसम्मतले चयन भएका छन् ।
नगरकमिटी अध्यक्ष अविरल न्यौपानेको अध्यक्षता तथा पुर्व संविधान साभा सदस्य भीष्म अधिकारीको प्रमुख अतिथि तथा राईनास नगरपालिका नगर प्रमुख सिहं बहादुर थापाको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
राईनास नगरपालिकामा एमालेको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ सर्वसम्मत चयन
मङ्गलबार, कार्तिक ०९, २०७८
प्रकाशित
तपाईको प्रतिक्रिया









