युनाइटेड अरब इमिरेट्स (युएई)का एक मन्त्रीले चिनियाँ खोप लगाएका छन् । दुबईका सहिष्णुता मन्त्री शेख नाह्यान बिन मुबारक अल नाह्यानले बुधबार कोभिड १९ को खोप लागएका हुन ।
उक्त अवसरमा शेख नाह्यानले भने, ‘युएईले आफ्नो नेतृत्वको मार्गदर्शन र सहयोगले महामारीको क्रममा कोभिड १९ को प्रतिकृतिसँग कुशलतासाथ व्यवहार गर्ने क्षमताको प्रदर्शन गरेको छ ।’








