पालुङटार नगरपालिका वडा नम्बर ५ ठाँटिपोखरी चोकमा दुई बाईक एकआपसमा ठोकिदाँ ४ जना घाइते भएका छन् ।
पालुङटार नगरपालिका वडा नम्बर ३ सिउडेनिबाट ठाँटिपोखरी आउँदै गरेको बा ६३ प ५१०६ नम्बरको बाईक र बिपरित दिशाबाट जाँदै गरेको बा ६७ प ९१९७ नम्बरको बाईक एकआपसमा ठोकिदाँ पालुङटार नगरपालिका वडा नम्बर १ का बर्ष २९ का सन्दिप लामा, सोही स्थानका बर्ष ३६ का आईतराम लामा, गोरखा हर्मि घर भएका बर्ष ५० का तेज बहादुर थापा र सोही स्थानकी बर्ष ४५ कि महिला रहेकि छन् ।
उनिहरुलाई उपचारका लागि शुभिधा सम्पन्न अस्पताल तर्फ पठाईएको ईलाका प्रहरी कार्यलय ठाँटिपोखरीका प्रमुख सोम दास ढकालले जानकारि दिए ।
ठाँटिपोखरीमा दुई वटा बाईक एक आपसमा ठोकिदाँ ४ जना घाइते
सोमबार, कार्तिक १०, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



