असोज १५ पोखरा । गण्डकी प्रदेशको पोखरामा ३० जनामा कोरोनाको नयाँ संक्रमण थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पोखरा महानगरपालिकामा मात्र आधा भन्दा बढी संक्रमित भेटिएका छन् । पोखराका १६ जनामा नयाँ संक्रमण देखिएको छ । संक्रमित मध्ये भारतबाट आएका चार जना छन् । आयल निगममा कार्यरत अर्का एकमा पनि संक्रमण भेटिएको छ । स्याङजाको भिरकोटमा ३ जना संक्रमित भेटिएका छन् । यसबाहेक नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली र कावासोती नगरपालिकामा गरी ५ जना तथा बाग्लुङको निसिखोला र गल्कोटमा गरी ६ जनामा नयाँ संक्रमण भेटिएको छ ।
गण्डकी कोरोना अपटेड : ३० नयाँ संक्रमित थपिए
बिहिबार, असोज १५, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



