असाेज १, गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ०३ घ्याम्पेसाल रानिखेतकमा करेन्ट लागेर ७ बर्षीय बालिका समिक्षा गिरीको मृत्यु भएको छ । हिजाे साँझ ६ बजे आफ्नै घरको कोठामा उनलाइ करेन्ट लागेको र मृत्यु भइसकेको अवस्थामा परिवारका सदस्यले थाहा पाएका थिए । आमा गोठमा भैँसी दुहुन लागेको बेला उनि काेठामा नै थिइन, पछी हजुरआमा कोठामा पुग्दा उनलाइ करेन्ट लागेर मृत्यु भइसकेको थाहा भएको इलाका प्रहरी कार्यलय ठाँटीपाेखरीका प्रमुख गिता प्रसाद चाैधरीले जानकारी दिनुभयाे । शवलाइ पाेष्टमाटमका लागि जिल्ला पठाइएकाे चाैधरीले जानकारी दिनुभयाे ।
करेन्ट लागेर पालुङटारकी ७ बर्षीय बालिकाको मृत्यु
शुक्रबार, असोज ०२, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



