स्व. जिवराज न्यौपाने
बोराङ सानो प्रिय गाउँ मेरो
जिल्ला त लम्जुङ् हिमशैल घेरो
त्यै गाउँका गायक एक आज
गयौौ छ श्रद्धाञ्जलि जीवराज ।
१
हिजो उमाकान्त प्रसिद्ध साहू
दानी थिए सज्जन गाउँ माऊ
थे पुत्र चारै अनि नाति पन्ध्र
स्वयं थियौ नाति गयौ परत्र ।
२
चुँदी पढी संस्कृत काठमाडौं
केही पढी माष्टर भै पढायौ
बोली मिठाे शान्त थियो मिजास
गयौ छ श्रद्धाञ्जलि जीवराज ।
३
मिठा मिठा ती कविता भनेर
प्रसङ्ग उठ्दा कति हो रमेर
भन्थ्यौ र सुन्थ्यौँ खुब प्रेमसाथ
गयौ छ श्रद्धाञ्जलि जीवराज ।
४
मुसुक्क हाँसेर मिठो वकेर
बोल्थ्यौ तिमी आसिक क्या थपेर
छन् सम्झनाका दिलभित्र खात
गयौ छ श्रद्धाञ्जलि जीवराज ।
५
विहे हुँदा गाउन गै सिलोक
रौसेर भन्थ्यौ बिच बन्धुलोक
सुन्नै मिठो थ्याे अब भो अभाव
सम्मान श्रद्धाञ्जलि जीवराज ।
६
चौरासियौँ उत्सव त्याे मनाई
भो अन्त्य नारायणि धन्य पाई
छ शब्द श्रद्धा दिल-फूलबाट
सम्मान श्रद्धाञ्जलि जीवराज ।
७
थियौ नि सम्मानित तीर्थ संस्था
पुगेर गैंडा-घर कोट बस्दा
रमाइलो थ्योो अब भोो अभाव
सम्मान श्रद्धाञ्जलि जीवराज ।
८

कवि : विजयराज न्यौपाने



