बागलुङको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो १७ जना सम्पर्क बिहिन भएका छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका मानिसहरु हराएको हुनसक्ने स्थानीयहरूले बताएका छन् । ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं काउँहरुमा क्षती पुर्याएको हो । पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएका छन् । यस्तै बाढीले लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ ।
बागलुङको ढोरपाटन भीषण पहिरो : १७ जना सम्पर्क बिहिन
बिहिबार, भदौ १८, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



