पालुङटारका २ सहित गोरखाका ६ जनामा कोरोना संक्रमण
गाेरखा– पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । यस सँगै बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना पुरूषमा कोरोना संक्रमण पुष्टी भएकाे हाे र गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार मात्र जिल्लाका ३ जनामा काेराेना पुष्टि भएकाे थियाे । यस सँगै जिल्लामा संक्रमितको संख्या ११६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १४ पुगेकाे छ ।
यस सँगै गण्डकी प्रदेशका थप ५ जनाका कोरोना संक्रमण देखिएको छ। कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वीनवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५सय ६६ पुगेको छ। नेपालमा संक्रमितको संख्या २१ हजार ४ सय १ पुगेको छ।