• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

‘प्रदेश अस्पताल गोरखामा एक वर्षमा एक लाख १२ हजारभन्दा बढी सेवाग्राही’

संवाददाता
सोमबार, साउन २५, २०८३ प्रकाशित
Advertisement
Advertisement

गोरखा, २५ साउन। प्रदेश अस्पताल गोरखामा आर्थिक वर्ष २०८२/८३ मा एक लाख १२ हजार तीन सय ३७ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। अस्पतालले सोमबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरणअनुसार अस्पतालबाट बहिरंग, आकस्मिक, अन्तरंग, प्रसूति, शल्यक्रिया, प्रयोगशाला तथा विभिन्न निदानात्मक सेवासहितका सेवा प्रवाह भएका हुन्। पत्रकार सम्मेलनमा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालको सेवा, जनशक्ति, उपलब्धि, चुनौती र आगामी योजनाबारे विवरण प्रस्तुत गरे।

गण्डकी प्रदेशमा रहेको गोरखा जिल्लामा दुई नगरपालिका र नौ गाउँपालिका गरी ११ स्थानीय तह छन्। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ५२ हजार दुई सय एक रहेको अस्पतालको विवरणमा उल्लेख छ।
अस्पताल प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रूपमा २०२१ सालमा स्थापना भएको थियो। २०२९ चैत २४ गते १५ शय्याको जिल्ला अस्पतालमा स्तरोन्नति भएको अस्पताल २०६९ भदौ ८ गते ५० शय्याको जिल्ला अस्पताल बनेको थियो। २०७४ सालमा ५० शय्याको प्रदेश मातहतको अस्पतालका रूपमा सञ्चालनमा आएको यो संस्था २०८१ माघदेखि प्रदेश अस्पताल गोरखाका रूपमा सञ्चालनमा रहेको छ।
अस्पतालमा हाल विभिन्न प्रकृतिका गरी एक सय ६२ जना कर्मचारी कार्यरत छन्। विवरणअनुसार स्थायी कर्मचारी ३७, संघीय करार तथा कार्यक्रम करारका २२, प्रदेश करारका २०, छात्रवृत्ति करारका २४ र अस्पताल व्यवस्थापन समिति करारका ५४ जना छन्। एएचएफ नेपालमार्फत एक, गोरखा नगरपालिकामार्फत एक र अन्य तीन जना कार्यरत छन्।

अस्पतालमा आकस्मिक, प्रयोगशाला तथा फार्मेसी, एक्स–रे, अल्ट्रासोनोग्राफी, इसिजी, एकद्वार संकट व्यवस्थापन केन्द्र, सामाजिक सेवा इकाइ, मेडिको–लिगल सेवा, अन्तरंग सेवा, प्रसूति सेवा, आकस्मिक शल्यक्रिया तथा विस्तारित स्वास्थ्य सेवा २४ घण्टा सञ्चालन हुने गरेको छ।

बहिरंग सेवातर्फ जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, बालरोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, अर्थोपेडिक्स, दन्त सेवा, नेत्ररोग, फिजियोथेरापी तथा पुनःस्थापना, आयुर्वेद र कान–नाक–घाँटी सेवा उपलब्ध छन्। छाला रोग र मनोरोग सेवा मासिक रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ। हेमोडायलाइसिस, सुरक्षित मातृत्व, परिवार नियोजन र एआरटी सेवा पनि अस्पतालमा उपलब्ध छन्।

आर्थिक वर्ष २०७८/७९ मा अस्पतालका विभिन्न सेवामा ५१ हजार तीन सय ४१ सेवाग्राही पुगेका थिए। २०७९/८० मा यो संख्या ८० हजार एक सय २६, २०८०/८१ मा ९५ हजार पाँच सय ७७ र २०८१/८२ मा एक लाख १३ हजार पाँच सय तीन पुगेको थियो। २०८२/८३ मा भने एक लाख १२ हजार तीन सय ३७ सेवाग्राहीले सेवा लिएका छन्।

बहिरंग सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा ९७ हजार छ सय दुई जनाले सेवा लिएका छन्। आकस्मिक सेवामा १४ हजार दुई सय ६५ जना पुगेका छन्। अन्तरंग सेवामा सेवा लिनेको संख्या चार हजार छ सय ५५ रहेको अस्पतालको विवरणमा उल्लेख छ।

प्रसूति सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा कुल सात सय १८ प्रसूति सेवा भएको छ। त्यसमध्ये तीन सय ७४ सामान्य प्रसूति, तीन सय ४३ शल्यक्रियामार्फत प्रसूति र एक जना असिस्टेड भ्याजाइनल डेलिभरी भएको विवरणमा उल्लेख छ। अघिल्ला तीन आर्थिक वर्षमा कुल प्रसूति सेवा क्रमशः सात सय २२, आठ सय दुई र सात सय ५३ रहेको थियो। �

शल्यक्रिया सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा छ सय आठ मेजर, दुई सय ८७ इन्टरमिडियट र पाँच सय ८८ माइनर शल्यक्रिया भएको छ। अघिल्लो आर्थिक वर्षमा क्रमशः पाँच सय सात, तीन सय ३२ र चार सय ५७ शल्यक्रिया भएको अस्पतालको विवरणमा छ।

शल्यक्रिया सेवामध्ये स्त्री तथा प्रसूति रोगतर्फ आर्थिक वर्ष २०८२/८३ मा मेजर तीन सय ६६, इन्टरमिडियट ३० र माइनर १० शल्यक्रिया भएका छन्। अर्थोपेडिक्स तथा ट्रमा सर्जरीतर्फ मेजर ९९, इन्टरमिडियट एक सय ७८ र माइनर २१ शल्यक्रिया भएका छन्। जनरल सर्जरीतर्फ मेजर तीन सय ५०, इन्टरमिडियट ७९ र माइनर पाँच सय ५० शल्यक्रिया भएका छन्।

निदानात्मक सेवातर्फ अल्ट्रासोनोग्राफीको सेवा आर्थिक वर्ष २०८२/८३ मा १३ हजार सात सय ६७ पटक प्रयोग भएको छ। इसिजी सेवा आठ हजार आठ सय १६ पटक दिइएको छ। इकोकार्डियोग्राफी सेवा दुई हजार नौ सय ७७ जनाले लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा इकोकार्डियोग्राफी सेवा नौ सय १०, २०८१/८२ मा दुई हजार पाँच सय ८४ र २०८२/८३ मा दुई हजार नौ सय ७७ पुगेको विवरणमा छ।

एन्डोस्कोपी सेवा आर्थिक वर्ष २०८२/८३ मा पाँच सय पाँच पटक सञ्चालन भएको छ। एक्स–रे सेवा दुई लाखभन्दा कम नभई २३ हजार सात सय ३४ पटक भएको विवरणमा देखाइएको छ। अघिल्ला तीन आर्थिक वर्षमा एक्स–रे सेवा क्रमशः १६ हजार दुई सय ७२, २० हजार चार सय ३१ र २३ हजार ४६ पटक भएको थियो।

फिजियोथेरापी सेवातर्फ आर्थिक वर्ष २०७९/८० मा दुई हजार ४० जना सेवाग्राही थिए। २०८०/८१ मा दुई हजार दुई सय ४१, २०८१/८२ मा तीन हजार पाँच सय २१ र २०८२/८३ मा चार हजार ५० जना पुगेका छन्।

अन्य सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा हेमोडायलाइसिस तीन हजार पाँच सय ८५ चक्र सञ्चालन भएको छ। परिवार नियोजन सेवा एक सय ३०, सुरक्षित गर्भपतन सेवा दुई सय ५८ र एआरटी सेवा दुई सय ४३ जनाले लिएका छन्।

अस्पतालले न्यूनतम सेवा मापदण्डअन्तर्गत विभिन्न सूचकमा मूल्यांकनसमेत गर्दै आएको छ। प्रस्तुत विवरणमा केही सूचकमा ३७ प्रतिशतदेखि ९३ प्रतिशतसम्मको स्कोर देखाइएको छ।

गोरखा नगरपालिकासँग सम्झौता गरी नगरपालिकाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ। सामाजिक सेवा इकाइमार्फत गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् तथा प्राकृतिक प्रकोपबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, महिला स्वास्थ्य स्वयंसेविका र कुपोषित बालबालिकालाई निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराइन्छ।

सामाजिक सेवा इकाइमार्फत आर्थिक वर्ष २०८१/८२ मा एक हजार चार सय ९४ र २०८२/८३ मा आठ सय ११ जनाले सेवा लिएका छन्। एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत लैङ्गिक हिंसापीडित वा प्रभावित व्यक्तिलाई स्वास्थ्य उपचारसहित अन्य आवश्यक सेवा निःशुल्क उपलब्ध गराइँदै आएको छ। केन्द्रबाट दुवै आर्थिक वर्षमा २४–२४ जनाले सेवा लिएका छन्।

अस्पतालमा आयुर्वेदिक सेवाअन्तर्गत निःशुल्क बहिरंग सेवा, निःशुल्क आयुर्वेदिक औषधि वितरण, पूर्वकर्म तथा पञ्चकर्म सेवा, योग, ध्यान, प्राणायाम तथा आयुर्वेदिक जीवनशैलीसम्बन्धी परामर्श, गुदद्वारसम्बन्धी रोगको जाँच तथा उपचार, स्तनपान गराइरहेका आमालाई दूधवर्धक औषधि वितरण र ज्येष्ठ नागरिक सेवा सञ्चालनमा छन्।

आयुर्वेद शाखाबाट आर्थिक वर्ष २०८२/८३ मा पुरुष तीन हजार दुई सय ३२ र महिला पाँच हजार नौ सय ९३ गरी जम्मा नौ हजार दुई सय २५ जनाले सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा पुरुष तीन हजार एक सय ३६ र महिला पाँच हजार तीन सय पाँच गरी जम्मा आठ हजार चार सय ४१ जना सेवाग्राही थिए।

अस्पतालले आगामी दिनमा इनडोर फार्मेसी सञ्चालन, थप विशेषज्ञ सेवा ल्याउने, एनोमली स्क्यान तथा फिटल इकोकार्डियोग्राफी सेवा सञ्चालन गर्ने, अस्पताललाई एक सय शय्यामा रूपान्तरण गर्ने, एसएनसीयू तथा मेडिकल आईसीयू सेवा विस्तार गर्ने र सिटी स्क्यान सेवा थप गर्ने योजना अघि सारेको छ।

अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा, शल्यक्रिया र डायलाइसिस सेवा थप विस्तार गर्ने, विद्युतीय स्वास्थ्य अभिलेख तथा डिजिटल प्रणाली सुरु गर्ने, प्रयोगशाला सेवा सुदृढीकरण गर्ने, एन्डोस्कोपी सेवा सञ्चालन गर्ने, आयुर्वेद सेवा सुदृढीकरण गर्ने, जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा अस्पताललाई प्रदेशस्तरीय रेफरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

अस्पतालले उपलब्धिका रूपमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, शल्यक्रिया सेवाको विस्तार, डायलाइसिस सेवा विस्तार, विद्युतीय स्वास्थ्य अभिलेख तथा डिजिटल प्रणालीको सुरुवात, प्रयोगशाला सेवा सुदृढीकरण, एन्डोस्कोपी सेवा सञ्चालन, आयुर्वेद सेवा सुदृढीकरण र जनशक्ति क्षमता अभिवृद्धिलाई उल्लेख गरेको छ।

अस्पतालले जनशक्ति व्यवस्थापन, समयमा स्वास्थ्य बिमाको रकम भुक्तानी नहुनु, सेवा विस्तार तथा आवासका लागि संरचना र जग्गाको अभाव, भीड व्यवस्थापन, औषधि तथा औषधिजन्य सामग्री आवश्यक मात्रामा समयमा आपूर्ति नहुनु र विद्युतीय स्वास्थ्य अभिलेख सञ्चालनका लागि स्वास्थ्यकर्मीमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सीपको अभावलाई चुनौतीका रूपमा प्रस्तुत गरेको छ।

सोमबार, साउन २५, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा, २५ साउन। प्रदेश अस्पताल गोरखामा आर्थिक वर्ष २०८२/८३ मा एक लाख १२ हजार तीन सय ३७ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। अस्पतालले सोमबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरणअनुसार अस्पतालबाट बहिरंग, आकस्मिक, अन्तरंग, प्रसूति, शल्यक्रिया, प्रयोगशाला तथा विभिन्न निदानात्मक सेवासहितका सेवा प्रवाह भएका हुन्। पत्रकार सम्मेलनमा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालको सेवा, जनशक्ति, उपलब्धि, चुनौती र आगामी योजनाबारे विवरण प्रस्तुत गरे।

गण्डकी प्रदेशमा रहेको गोरखा जिल्लामा दुई नगरपालिका र नौ गाउँपालिका गरी ११ स्थानीय तह छन्। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ५२ हजार दुई सय एक रहेको अस्पतालको विवरणमा उल्लेख छ।
अस्पताल प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रूपमा २०२१ सालमा स्थापना भएको थियो। २०२९ चैत २४ गते १५ शय्याको जिल्ला अस्पतालमा स्तरोन्नति भएको अस्पताल २०६९ भदौ ८ गते ५० शय्याको जिल्ला अस्पताल बनेको थियो। २०७४ सालमा ५० शय्याको प्रदेश मातहतको अस्पतालका रूपमा सञ्चालनमा आएको यो संस्था २०८१ माघदेखि प्रदेश अस्पताल गोरखाका रूपमा सञ्चालनमा रहेको छ।
अस्पतालमा हाल विभिन्न प्रकृतिका गरी एक सय ६२ जना कर्मचारी कार्यरत छन्। विवरणअनुसार स्थायी कर्मचारी ३७, संघीय करार तथा कार्यक्रम करारका २२, प्रदेश करारका २०, छात्रवृत्ति करारका २४ र अस्पताल व्यवस्थापन समिति करारका ५४ जना छन्। एएचएफ नेपालमार्फत एक, गोरखा नगरपालिकामार्फत एक र अन्य तीन जना कार्यरत छन्।

अस्पतालमा आकस्मिक, प्रयोगशाला तथा फार्मेसी, एक्स–रे, अल्ट्रासोनोग्राफी, इसिजी, एकद्वार संकट व्यवस्थापन केन्द्र, सामाजिक सेवा इकाइ, मेडिको–लिगल सेवा, अन्तरंग सेवा, प्रसूति सेवा, आकस्मिक शल्यक्रिया तथा विस्तारित स्वास्थ्य सेवा २४ घण्टा सञ्चालन हुने गरेको छ।

बहिरंग सेवातर्फ जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, बालरोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, अर्थोपेडिक्स, दन्त सेवा, नेत्ररोग, फिजियोथेरापी तथा पुनःस्थापना, आयुर्वेद र कान–नाक–घाँटी सेवा उपलब्ध छन्। छाला रोग र मनोरोग सेवा मासिक रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ। हेमोडायलाइसिस, सुरक्षित मातृत्व, परिवार नियोजन र एआरटी सेवा पनि अस्पतालमा उपलब्ध छन्।

आर्थिक वर्ष २०७८/७९ मा अस्पतालका विभिन्न सेवामा ५१ हजार तीन सय ४१ सेवाग्राही पुगेका थिए। २०७९/८० मा यो संख्या ८० हजार एक सय २६, २०८०/८१ मा ९५ हजार पाँच सय ७७ र २०८१/८२ मा एक लाख १३ हजार पाँच सय तीन पुगेको थियो। २०८२/८३ मा भने एक लाख १२ हजार तीन सय ३७ सेवाग्राहीले सेवा लिएका छन्।

बहिरंग सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा ९७ हजार छ सय दुई जनाले सेवा लिएका छन्। आकस्मिक सेवामा १४ हजार दुई सय ६५ जना पुगेका छन्। अन्तरंग सेवामा सेवा लिनेको संख्या चार हजार छ सय ५५ रहेको अस्पतालको विवरणमा उल्लेख छ।

प्रसूति सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा कुल सात सय १८ प्रसूति सेवा भएको छ। त्यसमध्ये तीन सय ७४ सामान्य प्रसूति, तीन सय ४३ शल्यक्रियामार्फत प्रसूति र एक जना असिस्टेड भ्याजाइनल डेलिभरी भएको विवरणमा उल्लेख छ। अघिल्ला तीन आर्थिक वर्षमा कुल प्रसूति सेवा क्रमशः सात सय २२, आठ सय दुई र सात सय ५३ रहेको थियो। �

शल्यक्रिया सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा छ सय आठ मेजर, दुई सय ८७ इन्टरमिडियट र पाँच सय ८८ माइनर शल्यक्रिया भएको छ। अघिल्लो आर्थिक वर्षमा क्रमशः पाँच सय सात, तीन सय ३२ र चार सय ५७ शल्यक्रिया भएको अस्पतालको विवरणमा छ।

शल्यक्रिया सेवामध्ये स्त्री तथा प्रसूति रोगतर्फ आर्थिक वर्ष २०८२/८३ मा मेजर तीन सय ६६, इन्टरमिडियट ३० र माइनर १० शल्यक्रिया भएका छन्। अर्थोपेडिक्स तथा ट्रमा सर्जरीतर्फ मेजर ९९, इन्टरमिडियट एक सय ७८ र माइनर २१ शल्यक्रिया भएका छन्। जनरल सर्जरीतर्फ मेजर तीन सय ५०, इन्टरमिडियट ७९ र माइनर पाँच सय ५० शल्यक्रिया भएका छन्।

निदानात्मक सेवातर्फ अल्ट्रासोनोग्राफीको सेवा आर्थिक वर्ष २०८२/८३ मा १३ हजार सात सय ६७ पटक प्रयोग भएको छ। इसिजी सेवा आठ हजार आठ सय १६ पटक दिइएको छ। इकोकार्डियोग्राफी सेवा दुई हजार नौ सय ७७ जनाले लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा इकोकार्डियोग्राफी सेवा नौ सय १०, २०८१/८२ मा दुई हजार पाँच सय ८४ र २०८२/८३ मा दुई हजार नौ सय ७७ पुगेको विवरणमा छ।

एन्डोस्कोपी सेवा आर्थिक वर्ष २०८२/८३ मा पाँच सय पाँच पटक सञ्चालन भएको छ। एक्स–रे सेवा दुई लाखभन्दा कम नभई २३ हजार सात सय ३४ पटक भएको विवरणमा देखाइएको छ। अघिल्ला तीन आर्थिक वर्षमा एक्स–रे सेवा क्रमशः १६ हजार दुई सय ७२, २० हजार चार सय ३१ र २३ हजार ४६ पटक भएको थियो।

फिजियोथेरापी सेवातर्फ आर्थिक वर्ष २०७९/८० मा दुई हजार ४० जना सेवाग्राही थिए। २०८०/८१ मा दुई हजार दुई सय ४१, २०८१/८२ मा तीन हजार पाँच सय २१ र २०८२/८३ मा चार हजार ५० जना पुगेका छन्।

अन्य सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा हेमोडायलाइसिस तीन हजार पाँच सय ८५ चक्र सञ्चालन भएको छ। परिवार नियोजन सेवा एक सय ३०, सुरक्षित गर्भपतन सेवा दुई सय ५८ र एआरटी सेवा दुई सय ४३ जनाले लिएका छन्।

अस्पतालले न्यूनतम सेवा मापदण्डअन्तर्गत विभिन्न सूचकमा मूल्यांकनसमेत गर्दै आएको छ। प्रस्तुत विवरणमा केही सूचकमा ३७ प्रतिशतदेखि ९३ प्रतिशतसम्मको स्कोर देखाइएको छ।

गोरखा नगरपालिकासँग सम्झौता गरी नगरपालिकाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ। सामाजिक सेवा इकाइमार्फत गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् तथा प्राकृतिक प्रकोपबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, महिला स्वास्थ्य स्वयंसेविका र कुपोषित बालबालिकालाई निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराइन्छ।

सामाजिक सेवा इकाइमार्फत आर्थिक वर्ष २०८१/८२ मा एक हजार चार सय ९४ र २०८२/८३ मा आठ सय ११ जनाले सेवा लिएका छन्। एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत लैङ्गिक हिंसापीडित वा प्रभावित व्यक्तिलाई स्वास्थ्य उपचारसहित अन्य आवश्यक सेवा निःशुल्क उपलब्ध गराइँदै आएको छ। केन्द्रबाट दुवै आर्थिक वर्षमा २४–२४ जनाले सेवा लिएका छन्।

अस्पतालमा आयुर्वेदिक सेवाअन्तर्गत निःशुल्क बहिरंग सेवा, निःशुल्क आयुर्वेदिक औषधि वितरण, पूर्वकर्म तथा पञ्चकर्म सेवा, योग, ध्यान, प्राणायाम तथा आयुर्वेदिक जीवनशैलीसम्बन्धी परामर्श, गुदद्वारसम्बन्धी रोगको जाँच तथा उपचार, स्तनपान गराइरहेका आमालाई दूधवर्धक औषधि वितरण र ज्येष्ठ नागरिक सेवा सञ्चालनमा छन्।

आयुर्वेद शाखाबाट आर्थिक वर्ष २०८२/८३ मा पुरुष तीन हजार दुई सय ३२ र महिला पाँच हजार नौ सय ९३ गरी जम्मा नौ हजार दुई सय २५ जनाले सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा पुरुष तीन हजार एक सय ३६ र महिला पाँच हजार तीन सय पाँच गरी जम्मा आठ हजार चार सय ४१ जना सेवाग्राही थिए।

अस्पतालले आगामी दिनमा इनडोर फार्मेसी सञ्चालन, थप विशेषज्ञ सेवा ल्याउने, एनोमली स्क्यान तथा फिटल इकोकार्डियोग्राफी सेवा सञ्चालन गर्ने, अस्पताललाई एक सय शय्यामा रूपान्तरण गर्ने, एसएनसीयू तथा मेडिकल आईसीयू सेवा विस्तार गर्ने र सिटी स्क्यान सेवा थप गर्ने योजना अघि सारेको छ।

अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा, शल्यक्रिया र डायलाइसिस सेवा थप विस्तार गर्ने, विद्युतीय स्वास्थ्य अभिलेख तथा डिजिटल प्रणाली सुरु गर्ने, प्रयोगशाला सेवा सुदृढीकरण गर्ने, एन्डोस्कोपी सेवा सञ्चालन गर्ने, आयुर्वेद सेवा सुदृढीकरण गर्ने, जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा अस्पताललाई प्रदेशस्तरीय रेफरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

अस्पतालले उपलब्धिका रूपमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, शल्यक्रिया सेवाको विस्तार, डायलाइसिस सेवा विस्तार, विद्युतीय स्वास्थ्य अभिलेख तथा डिजिटल प्रणालीको सुरुवात, प्रयोगशाला सेवा सुदृढीकरण, एन्डोस्कोपी सेवा सञ्चालन, आयुर्वेद सेवा सुदृढीकरण र जनशक्ति क्षमता अभिवृद्धिलाई उल्लेख गरेको छ।

अस्पतालले जनशक्ति व्यवस्थापन, समयमा स्वास्थ्य बिमाको रकम भुक्तानी नहुनु, सेवा विस्तार तथा आवासका लागि संरचना र जग्गाको अभाव, भीड व्यवस्थापन, औषधि तथा औषधिजन्य सामग्री आवश्यक मात्रामा समयमा आपूर्ति नहुनु र विद्युतीय स्वास्थ्य अभिलेख सञ्चालनका लागि स्वास्थ्यकर्मीमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सीपको अभावलाई चुनौतीका रूपमा प्रस्तुत गरेको छ।

सोमबार, साउन २५, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.