• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

संवाददाता
मङ्गलबार, भदौ ०२, २०७७ प्रकाशित
Advertisement
Advertisement

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।”

नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको आज साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो । उहाँ आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै हुनुहुन्थ्यो । उहाँको शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि जाने क्रम शुरु भएको छ ।

कोरोना महामारीको जोखिम भएकाले भीडभाड गर्ने स्थिति छैन । उहाँको निवासमा नेपाली सेनाको टोली पनि जाने तयारी गरेको छ । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कविवर घिमिरेका छोरी मञ्जु अधिकारीले उहाँ उमेरगत कारणले पछिल्ला दिनमा सामान्य अवस्थ्य हुनुभएको थियो भने आफ्नो जीवनको अर्काे अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्य लाई प्रकाशनको तयारीमा रहनुभएको थियो । छोरी अधिकारीका अनुसार उक्त महाकाव्यलाई उहाँले लगभग पूरा गर्नुभएको थियो तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन । छोरी अधिकारी रासससँग भन्नुभयो, “सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन् । जीवन एक यात्रा हो । बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ ।”

कविवर घिमिरेका पछिल्ला समयमा “बुढेससम्मन् पनि ज्यून जानँै यो जीवनीको रस प्यून जानौँ” जस्ता भावका काव्यरस प्रकाशित भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पारिवारिक स्रोतबाट कविवरको निधन भएको जानकारी पाउँदा दुःख लागेको र कार्यालयबाट घर आइसकेको भए पनि आफूहरु श्रद्धाञ्जलिका लागि लैनचौरमा जान लागेको र अन्त्येष्टिका लागि नेपाल सरकारबाट हुने राष्ट्रिय सम्मानको निर्णय आएपछि थप जानकारी दिइने बताउनुभयो ।

घिमिरे सय वर्ष पुगेको वर्ष मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो । लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मनुभएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्र्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उहाँका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

मङ्गलबार, भदौ ०२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।”

नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको आज साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो । उहाँ आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै हुनुहुन्थ्यो । उहाँको शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि जाने क्रम शुरु भएको छ ।

कोरोना महामारीको जोखिम भएकाले भीडभाड गर्ने स्थिति छैन । उहाँको निवासमा नेपाली सेनाको टोली पनि जाने तयारी गरेको छ । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कविवर घिमिरेका छोरी मञ्जु अधिकारीले उहाँ उमेरगत कारणले पछिल्ला दिनमा सामान्य अवस्थ्य हुनुभएको थियो भने आफ्नो जीवनको अर्काे अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्य लाई प्रकाशनको तयारीमा रहनुभएको थियो । छोरी अधिकारीका अनुसार उक्त महाकाव्यलाई उहाँले लगभग पूरा गर्नुभएको थियो तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन । छोरी अधिकारी रासससँग भन्नुभयो, “सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन् । जीवन एक यात्रा हो । बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ ।”

कविवर घिमिरेका पछिल्ला समयमा “बुढेससम्मन् पनि ज्यून जानँै यो जीवनीको रस प्यून जानौँ” जस्ता भावका काव्यरस प्रकाशित भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पारिवारिक स्रोतबाट कविवरको निधन भएको जानकारी पाउँदा दुःख लागेको र कार्यालयबाट घर आइसकेको भए पनि आफूहरु श्रद्धाञ्जलिका लागि लैनचौरमा जान लागेको र अन्त्येष्टिका लागि नेपाल सरकारबाट हुने राष्ट्रिय सम्मानको निर्णय आएपछि थप जानकारी दिइने बताउनुभयो ।

घिमिरे सय वर्ष पुगेको वर्ष मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो । लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मनुभएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्र्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उहाँका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

मङ्गलबार, भदौ ०२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.