१. सुन्नुहोला दिदी वैनी सुन्नु सबै समाज ।
नेपाली दुःख पिडा भन्छु म आज ।।
२. हाम्रो देशका जनतालाई सारै दुःख भाको छ ।
भन्छन् हाम्रो नेपालमा शान्ती आको ट ।।
३. शहिदकी पत्नी भन्छिन् सुक्यो राता रगत ।
वेपत्ताकी आमा भन्छिन् छोरो कता छ ??
४. चुरा फुटे कतिका सिउँदो पनि पुछियो ।
शहिदको रगतले नेपाल मुछीयो ।।
५. रगत दिने विरहरुको इतिहासमा छैन नाम ।
हत्केलाले सूर्य छेक्ने नेताहरुको काम ।।
६. आयो भन्छन देशमा लोकतन्त्र र गणतन्त्र ।
अझै पनि भाछैन्न नारी स्वतन्त्र ।।
७. बोक्सी आरोप लगाउँछन् ति एकला नारीलाई ।
अघी आई साइत विग्रयो भन्छन बरिलै ।।
८. महिला हिंसा बढेका छन् यो देशमा बेसरी ।
यो समस्या सुल्झाउने होला कसरी ??
९. जन्म दिने बाबु सँग छोरी हरुलाई डर छ ।
कहाँ भन्ने छोरीहरुले हाम्रो घर छ ??
१०. दाइजो थोरै भनेर मारी छाडे कतिलाई ।
द्यया माया भन्ने कुरा छैन पती लाई ।।
११. धनिलेत भन्छन हेर सिक्री होइन ल्याउँछु हार ।
मोटर साइकल चढ्दिन चढ्छु चिल्लो कार ।।
१२. अनेक थरी गहना र बुट्टा भर्या सारीले ।
चाडवाड मान्नै गार्हो भयो गरीब नारीले ।।
१३. मुन्द्रा लाउने केटाले नि तिजको गित गाको छ ।
तिजको भाका पनि रिमिक्स भाको छ ।।
१४. हटाउन उठौँ नारी विसंगिती विकृती ।
रिमिक्समा नफालौँ हाम्रो संस्कृती ।।
१५. तिज हाम्रो नारीहरुको दुःख पिडा बिसाउने ।
यो तिजमा विकृती किन मिसाउने ।।
१६. दर भन्ने सब्दको अप व्याख्या नगरौँ ।
राम्रो सँग मनाउँ तिज पछी नपरौँ ।।
गित : तीजमा विकृती नभित्र्याऊँ









