साउन १३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको पाेजेटिभ संक्रमण देखिएकाे हाे ।
संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ। सोमबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका थिए।
यश सहित नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएका छन् । आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भए सगै नेपालमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भएको छ।



