गोरखाको पालुङटार नगरपालिकाले आफ्नो नगर भित्रका राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा बिभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरुलाई सम्मान गरेको छ ।
आज असार ६ गते बुधबार पालुङटार नगरपालिकाको सभाहलमा पालुङटार नगरपालिका वडा ९ पत्रकार तथा समाजसेवी राजेन्द्र बानिया, पालुङटार नगरपालिका वडा ३ का संगीतकार आलोक श्री, पालुङटार नगरपालिका वडा ९ का गजलकार तथा साहित्यकार प्रदिप पाण्डे `रोदन´, पालुङटार नगरपालिका वडा नम्बर ३ का चिकित्सक स्व. डा. उपेन्द्र देबकोटाको मरणोपरान्त उहाको धर्म पत्नी मधु दिक्षित देबकोटालाई, पालुङटार नगरपालिका वडा नम्बर ५ का साहसिक खेलाडी स्व. निसम थापाको मरणोपरान्त उहाको बुबा प्रकास थापालाई, नगर प्रमुख विवश चिन्तन, नगर उप प्रमुख बन्दना पाण्डे तथा गोरखा जिल्ला समनवय समितिका अध्यक्ष मोहन बहादुर थापाले टिका, माला र प्रमाणपत्र दिई सम्मान गर्नु भएको हो ।

सम्मानित व्यक्तिहरुले यस पालुङटार नगरपालिकाले आफ्नो माटोमा यसरी सम्मान गरेकोमा खुसि ब्यक्त गर्नुभयो ।
नगर प्रमुख चिन्तनको अध्यक्ष्ातामा भएको कार्यक्रममा पालुङटार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, १० वटै वडाका वडा अध्यक्ष, नगर सभा सदस्यहरू, कर्मचारी तथा पत्रकार उपस्थित रहेको थियो । कार्यक्रम योजना शाखाका कर्मचारी धनेन्द्र श्रेष्ठले संचालन गर्नु भएको थियो ।

आज पालुङटार नगरपालिकाको नीति तथा कार्यक्रम, १३ अौं नगरसभा पनि रहेको थियोे ।




