बैसाख ६÷गोरखा÷पालुङटार नगरपालिकाको नगर प्रमुख विवस चिन्तनले शिक्षकहरु आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध हुनु पर्ने बताउनुभएको छ । गोरखा बहुप्राबिधिक शिक्षालयमा प्राबिधिक बिद्यार्थी समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चिन्तनले शिक्षकहरु आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध हुनु पर्ने बताउनुभएको हो । पछिल्लो समयका विद्यार्थीहरु कागजमा मात्र कक्षा उत्रिर्ण गर्ने गरेको भन्दै उहाँले प्राविधिक शिक्षा उत्रिर्ण गरेका विद्यार्थीहरु संग प्राविधिक शिक्षाको राम्रो ज्ञान हुनु पर्नेमा जोड दिनुभएको छ ।
सोहि अवसरमा नगर प्रमुख चिन्तनले गोरखा बहुप्राबिधिक शिक्षालयका शिक्षक र कर्मचारीको गतिबिधि प्रति असन्तुष्टी व्यक्त गर्दै शिक्षालय शिक्षालय जस्तो नभएको बताउनुभयो । संघिय सरकारले +२ सम्मको शिक्षा स्थानिय निकाय मातहतमा रहने भनेता पनि ऋत्भ्ख्त् अन्तर्गतका प्राविधिक शिक्षलयहरु संघकै मातहतमा हुने गरेका कारण आफुहरुको हस्तक्षेप नपुगेको उहाँको भनाई छ । शिक्षालय नगरपालिका मातहतमा नभएपनि शिक्षालयमा यसैगरी व्यतिथि बढ्दै जाने हो भने आफुहरु चुप लागेर नबस्ने बताउनुभएको छ । सोहि अवसरमा नगर प्रमुख चिन्तनले प्राबिधिक बिद्यार्थी समाजले आयोजना गरेको कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै यस्ता किसिमका कार्यक्रमहरुले गोरखा प्राबिधिक शिक्षालयका शिक्षक र बिद्यार्थीको गतिविधिमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय पालुङटार नगरपालिका भित्रका बिद्यार्थीहरुले लोकसेवा तर्फ चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै समुह बनाएर आए नगरपालिकाले नै निशुल्क लोक सेवाको तयारी कक्षा सञ्चालन गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गोरखा बहुप्राबिधिक शिक्षलयका शिक्षलय प्रमुख प्रदिपराज बसौला, वडा नं. १ का वडा अध्यक्ष कृष्ण परियार, वडा नं. ३ का वडा अध्यक्ष रबिन्द्र अधिकारी, वडा नं. ४ का वडा अध्यक्ष मान बहादुर पौडेल, वडा नं. ८ का वडा अध्यक्ष होप बहादुर नेपाली, वडा नं९ का वडा अध्यक्ष भेज राज पाण्डे लगायतले कार्यक्रममा सहभागी बिद्यार्थीहरु संग अन्र्तक्रिया गर्नुभएको थियो ।
प्राबिधिक बिद्यार्थी समाजका अध्यक्ष सरोज चुदाराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुसुम कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु गर्नुभएको थियो । प्राबिधिक बिद्यार्थी समाजका सचिब हिमाल रसाइली र संगिता ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले हाल सम्म पनि शिक्षलय व्यवस्थापन समितिको नामावली सम्म पनि थाहा नभएको भन्दैे शिक्षलय प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
शिक्षकहरु आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध हुनु पर्छ ः नगर प्रमुख विवस चिन्तन



