• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम गोरखामा भव्य रूपमा सम्पन्न

संवाददाता
मङ्गलबार, बैशाख ०९, २०८२ प्रकाशित
Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ७६ औं स्थापना दिवसको अवसरमा गोरखा जिल्ला कमिटीद्वारा आयोजित विशेष कार्यक्रम २०८२ साल वैशाख ९ गते भव्यता साथ सम्पन्न भएको छ। “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरु, जनप्रतिनिधिहरू, जनसंगठनका अगुवाहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखा जिल्ला कमिटीका अध्यक्ष सुरेन्द्र थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रिय सदस्य रामशरण बस्नेतको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भमा स्वागत मन्तव्य जिल्ला उपसचिव मनोज कुमार जोशीले राख्दै गोरखा जिल्लाको क्रान्तिकारी इतिहास, जनताको निरन्तर समर्थन र कार्यकर्ताहरूको त्यागको स्मरण गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

प्रमुख अतिथि रामशरण बस्नेतले पार्टी स्थापना दिवसको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पार्दै जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न अहिलेको समयलाई सङ्गठित, अनुशासित र वैचारिक रूपमा स्पष्ट बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले दक्षिणपन्थी विचलन र अराजक संगठनात्मक प्रवृत्तिलाई कठोरताका साथ परास्त गर्नुपर्ने चुनौतीप्रति सबैलाई सजग गराउँदै पार्टीको आन्तरिक एकता र जनताको विश्वासलाई अझ मजबुत बनाउन सबैलाई आह्वान गर्नुभयो।

अध्यक्ष सुरेन्द्र थापाले गोरखामा पार्टीको संगठनात्मक मजबुतीको चर्चा गर्दै अबको बाटो समाजवाद निर्माणतर्फ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टी अनुशासन, वैचारिक निष्ठा र जिम्मेवारीप्रति समर्पण नै सफल संगठनको मेरुदण्ड हुने बताउँदै कार्यकर्तालाई अझ क्रियाशील, जिम्मेवार र जनमुखी बन्न प्रेरित गर्नुभयो।

कार्यक्रममा प्रदेशका चार निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई विशेष सम्मान गरियो। प्रदेश सभा १ क बाट होमबहादुर थापा, १ ख बाट भुपेन्द्र रोकाहा, २ क बाट दुर्गा प्रसाद देवकोटा, २ ख बाट देवराज श्रेष्ठ र महिला प्रतिनिधिका रूपमा सरिता देवकोटालाई सम्मान प्रदान गरियो। साथै, विभिन्न निकाय तथा संघसंस्थामा क्रियाशील रहेका पार्टी निकटका व्यक्तित्वहरूको समेत सम्मान गरिएको थियो। भुमि समस्या तथा समाधान आयोगमा विज्ञ सदस्यका रूपमा शान्ती चापागाईं र सदस्य दुर्गामाया थापा रानाको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो। त्यसैगरी, गोरखा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य किरण ढकाल र काजीराम श्रेष्ठ, खेलकुद विकास समिति जिल्लाका उपाध्यक्ष मुकेश बानियाँ र सचिव अमृता गुरुङ, पत्रकार महासंघ केन्द्रिय प्रतिनिधि किरण लोहनी र जिल्ला सचिव सुजन न्यौपाने, स्वतन्त्र विद्यार्थी युनियन अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसका कोषाध्यक्ष असिम श्रेष्ठ, सदस्य विपना कोईराला, सदस्य मिसन गुरुङ, गोरखा क्याम्पसका सदस्य विनय कुँवरलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बाबुराम थापा, राजेन्द्र पराजुली, जिल्ला कमिटीका पदाधिकारीहरू, सदस्यहरू, पालिका कमिटीहरूका प्रतिनिधिहरू, जनसंगठनका प्रमुखहरू तथा उल्लेख्य संख्यामा पार्टी कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। यो कार्यक्रममा पार्टीको गौरवशाली इतिहासको स्मरण मात्र नभई वर्तमान चुनौतीहरूलाई सम्हाल्दै समाजवादी लक्ष्यमा अघि बढ्ने सामूहिक संकल्प पनि गरिएको थियो।

मङ्गलबार, बैशाख ०९, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ७६ औं स्थापना दिवसको अवसरमा गोरखा जिल्ला कमिटीद्वारा आयोजित विशेष कार्यक्रम २०८२ साल वैशाख ९ गते भव्यता साथ सम्पन्न भएको छ। “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरु, जनप्रतिनिधिहरू, जनसंगठनका अगुवाहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखा जिल्ला कमिटीका अध्यक्ष सुरेन्द्र थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रिय सदस्य रामशरण बस्नेतको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भमा स्वागत मन्तव्य जिल्ला उपसचिव मनोज कुमार जोशीले राख्दै गोरखा जिल्लाको क्रान्तिकारी इतिहास, जनताको निरन्तर समर्थन र कार्यकर्ताहरूको त्यागको स्मरण गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

प्रमुख अतिथि रामशरण बस्नेतले पार्टी स्थापना दिवसको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पार्दै जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न अहिलेको समयलाई सङ्गठित, अनुशासित र वैचारिक रूपमा स्पष्ट बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले दक्षिणपन्थी विचलन र अराजक संगठनात्मक प्रवृत्तिलाई कठोरताका साथ परास्त गर्नुपर्ने चुनौतीप्रति सबैलाई सजग गराउँदै पार्टीको आन्तरिक एकता र जनताको विश्वासलाई अझ मजबुत बनाउन सबैलाई आह्वान गर्नुभयो।

अध्यक्ष सुरेन्द्र थापाले गोरखामा पार्टीको संगठनात्मक मजबुतीको चर्चा गर्दै अबको बाटो समाजवाद निर्माणतर्फ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टी अनुशासन, वैचारिक निष्ठा र जिम्मेवारीप्रति समर्पण नै सफल संगठनको मेरुदण्ड हुने बताउँदै कार्यकर्तालाई अझ क्रियाशील, जिम्मेवार र जनमुखी बन्न प्रेरित गर्नुभयो।

कार्यक्रममा प्रदेशका चार निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई विशेष सम्मान गरियो। प्रदेश सभा १ क बाट होमबहादुर थापा, १ ख बाट भुपेन्द्र रोकाहा, २ क बाट दुर्गा प्रसाद देवकोटा, २ ख बाट देवराज श्रेष्ठ र महिला प्रतिनिधिका रूपमा सरिता देवकोटालाई सम्मान प्रदान गरियो। साथै, विभिन्न निकाय तथा संघसंस्थामा क्रियाशील रहेका पार्टी निकटका व्यक्तित्वहरूको समेत सम्मान गरिएको थियो। भुमि समस्या तथा समाधान आयोगमा विज्ञ सदस्यका रूपमा शान्ती चापागाईं र सदस्य दुर्गामाया थापा रानाको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो। त्यसैगरी, गोरखा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य किरण ढकाल र काजीराम श्रेष्ठ, खेलकुद विकास समिति जिल्लाका उपाध्यक्ष मुकेश बानियाँ र सचिव अमृता गुरुङ, पत्रकार महासंघ केन्द्रिय प्रतिनिधि किरण लोहनी र जिल्ला सचिव सुजन न्यौपाने, स्वतन्त्र विद्यार्थी युनियन अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसका कोषाध्यक्ष असिम श्रेष्ठ, सदस्य विपना कोईराला, सदस्य मिसन गुरुङ, गोरखा क्याम्पसका सदस्य विनय कुँवरलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बाबुराम थापा, राजेन्द्र पराजुली, जिल्ला कमिटीका पदाधिकारीहरू, सदस्यहरू, पालिका कमिटीहरूका प्रतिनिधिहरू, जनसंगठनका प्रमुखहरू तथा उल्लेख्य संख्यामा पार्टी कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। यो कार्यक्रममा पार्टीको गौरवशाली इतिहासको स्मरण मात्र नभई वर्तमान चुनौतीहरूलाई सम्हाल्दै समाजवादी लक्ष्यमा अघि बढ्ने सामूहिक संकल्प पनि गरिएको थियो।

मङ्गलबार, बैशाख ०९, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.