गोरखाको पालुङटार नगरपालिकाले नगरबासीसँग नगर कार्यपालिकाले १३ औ. नगर सभामा पेश गर्नुपर्ने निति तथा कार्यक्रम सल्लाह सुझावको रुपमा पठाउन आग्रह गरेको छ ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चैत २१ गते मंगलबार एक सुचना जारी गर्दै ७ दिन भित्र पालुङटार नगरपालिकामा पठाउन आग्रह गर्नु भएको छ ।

जनताका सबै कुरा समाबेश गर्न सकियोस्, नगरपालिकाको आँखा नपुगेका पनि कयौं कामहरु हुन सक्ने भएकाले जनता सँग सल्लाह सुझाव मागिएको पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनका स्वकीय सचिव अशोक मरहट्टाले बताउनु भयो ।



