नेकपा एमाले पालुङटार नगर कमिटीले आउँदै गरेको स्थानिय तहको निर्वाचनका लागि वडाका अध्यक्ष लगाएत सदस्यका लागि सबै वडामा सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाएको छ ।
वडाको सबै उम्मेदवार टुङ्गो लाग्यो नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठले बताए । तर नगर प्रमुख र उप प्रमुखमा भने आकंक्षी धेरै भएको उनले बताएका छन् । नगर प्रमुखको लागि नेकपा एमालेका नेताहरु :
१) हरि भट्ट
२) हरि काफ्ले
३) सन्तोष देवकोटा
ले दावि गरेका अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै नगर उप प्रमुखकका लागि नेकपा एमालेका नेताहरु :
१) बसन्त श्रेष्ठ
२) ओम बराकोटी
३) पार्वती पाठक
ले दावि गरेका छन् ।



