फागुन ९, गोरखा । पालुङटार नगरपालिका नगर कार्यपालिकाको कार्यलयले आर्थिक बर्ष २०८०/०८१ को अर्ध-वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । पालुङटार नगरपालिकाको सभाहलमा भएको समीक्षा कार्यक्रमको अध्यक्षता पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले गर्नु भएको थियोे ।

समीक्षा कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रतिनिधि सभाका मुख्य सचेतक हितराज पाण्डे प्रमुख अतिथि रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै देशै भर चालू भन्दा पुँजीगत खर्च कम हुने गरेकोमा दु:ख व्यक्त गर्नु भयो । काम गर्दा कमीकमजोरी हुने भन्दै, आँफुमा दोष नदेख्ने र अरुमा मात्र दोष देखाए पन्छिनु नहुने बताउनु भयो । देशको राजनीतिक अवस्था कर्मचारीको भरमा रहेको भन्दै तीन तहको कानुन बुझेरमात्र काम गर्न आग्रह गर्नु भयो ।
त्यस्तै उहाँले पालिकाले योजना बनाउँदा आत्मनिर्भर बनाउने योजना बनाउन आग्रह गर्नु भयो । बनाएका योजना जसरी पनि पूरा गर्न पनि आग्रह गर्नु भयो । योजनाको अनुगमन गर्न र आफ्ना काम गर्न जनप्रतिनिधिले कार्य तालिका बनाएर काम गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले सम्भावना मात्र नभएर चुनौती पनि रहेकोले तिनै तहका सरकार मिलेर समाधान गर्नु पर्ने बताउनु भयो । समस्याहरु धेरै भएको भन्दै उहाँले तिनै सरकारले सम्वनय र सहकार्य गरेर अगाडि बड्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष नगर प्रमुख चिन्तनले उपस्थित सबैलाई धन्यवाद दिदै प्रगति सन्तोषजनक भए पनि आफू यसमा सन्तुष्ट नभएको बताउनु भयो । आजको कार्यक्रमबाट आएका सल्लाह सुझावलाई मनन गर्दै आगामी दिनमा अझै राम्रो रिजल्ट निकाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा पालुङटार नगरपालिकाकि उप प्रमुख बन्दना पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियोे । भने प्रमुख प्रशासकीय प्रमुख गौतम भण्डारी, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, राजनीति दलका प्रतिनिधिहरु, पालुङटार नगरपालिकाका दस वटै वडाका वडा अध्यक्षहरु, नगरसभा सदस्यहरु, शिक्षा शाखा प्रमुख पूर्ण बहादुर नेपाली, नगर भित्रका सबै शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा आर्थिक प्रशासन शाखा बाट सुवन शर्मा, शिक्षा शाखा बाट सन्तोष पाण्डे, स्वास्थ्य शाखा बाट सृजना पोखरेल, भौतिक पुर्वाधार बिकास बाट सन्दिप मरहट्टा, कृषि शाखा बाट शर्मिला ढकाल, पशु शाखा बाट डा. सुरज मरहट्टा, रोजगार सेवा केन्द्र बाट कल्पना के.सी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा बाट सरोज थापा मगर, आयुर्वेद शाखा बाट हितकाजी श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रमको संञ्चालन योजना शाखाका कर्मचारी धनेन्द्र श्रेष्ठले गर्नु भएको थियोे ।




