• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारमा बालमैत्री स्थानीय शासन कार्यान्वयनबारे नगरस्तरीय अभिमुखीकरण सम्पन्न

संवाददाता
मङ्गलबार, पुष २२, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा, ठाँटिपोखरूि । पालुङटार नगरपालिकामा बालमैत्री स्थानीय शासन (Child Friendly Local Governance–CFLG) को नीतिगत, प्रक्रियागत कार्यान्वयन, अवलम्बन तथा घोषणा प्रक्रियासम्बन्धी नगरपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगर कार्यपालिकाको कार्यालय, पालुङटारको आयोजनामा तथा आधुनिक समाज विकास फाउन्डेसन, रुपन्देहीको सहजीकरणमा सम्पन्न कार्यक्रम नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा भएको हो। कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सि., शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मनोज सिर्मल, सहजकर्ता विष्णु प्रसाद चौबे, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, उद्देश्य तथा स्थानीय तहमा यसको महत्वबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई CFLG के हो, यसको दायरा के–के हुन् र स्थानीय सरकार तथा वडाले यसमा कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा जानकारी दिइएको थियो।

अभिमुखीकरणका क्रममा वडा तहमा भएका बालमैत्री गतिविधि तथा कार्यसम्पादनको समीक्षा गरिएको थियो। साथै नीतिगत सुधारका आवश्यक पक्षहरू, बालमैत्री स्थानीय शासन कार्यान्वयनका चरणहरू, आवश्यक नीति तथा निर्णय प्रक्रिया, कागजात तथा फाइल व्यवस्थापन, र कार्यपालिकादेखि सभासम्म लिनुपर्ने निर्णयका विषयमा समेत छलफल गरियो।

कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियामा पालना गर्नुपर्ने मापदण्ड, सूचक तथा आवश्यक पूर्वतयारीबारे सहभागीहरूलाई जानकारी गराइयो। वडा र नगर तहको भूमिका, जिम्मेवारी तथा समन्वयबारे अन्तरक्रिया गरिएको थियो भने सहभागीहरूले उठाएका महत्वपूर्ण प्रश्नहरूको उत्तरसमेत प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यतर्फ नतिजामुखी कार्ययोजना तयार गर्ने, बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई निरन्तरता दिने, बालअधिकारमैत्री नीति तथा संरचना सुदृढ गर्ने र बालमैत्री सिकाइ स्रोत केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख विवश चिन्तनले बालमैत्री स्थानीय शासन नगरको समग्र विकाससँग जोडिएको विषय भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि नगर, वडा, विद्यालय र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। उपप्रमुख बन्दना पाण्डेले बालअधिकार संरक्षणलाई व्यवहारमा उतार्न जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सि.ले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा प्रक्रिया, मापदण्ड र प्रशासनिक संयन्त्रको प्रभावकारी प्रयोगमा जोड दिए। कार्यक्रम पालुङटार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।

मङ्गलबार, पुष २२, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा, ठाँटिपोखरूि । पालुङटार नगरपालिकामा बालमैत्री स्थानीय शासन (Child Friendly Local Governance–CFLG) को नीतिगत, प्रक्रियागत कार्यान्वयन, अवलम्बन तथा घोषणा प्रक्रियासम्बन्धी नगरपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगर कार्यपालिकाको कार्यालय, पालुङटारको आयोजनामा तथा आधुनिक समाज विकास फाउन्डेसन, रुपन्देहीको सहजीकरणमा सम्पन्न कार्यक्रम नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा भएको हो। कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सि., शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मनोज सिर्मल, सहजकर्ता विष्णु प्रसाद चौबे, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, उद्देश्य तथा स्थानीय तहमा यसको महत्वबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई CFLG के हो, यसको दायरा के–के हुन् र स्थानीय सरकार तथा वडाले यसमा कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा जानकारी दिइएको थियो।

अभिमुखीकरणका क्रममा वडा तहमा भएका बालमैत्री गतिविधि तथा कार्यसम्पादनको समीक्षा गरिएको थियो। साथै नीतिगत सुधारका आवश्यक पक्षहरू, बालमैत्री स्थानीय शासन कार्यान्वयनका चरणहरू, आवश्यक नीति तथा निर्णय प्रक्रिया, कागजात तथा फाइल व्यवस्थापन, र कार्यपालिकादेखि सभासम्म लिनुपर्ने निर्णयका विषयमा समेत छलफल गरियो।

कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियामा पालना गर्नुपर्ने मापदण्ड, सूचक तथा आवश्यक पूर्वतयारीबारे सहभागीहरूलाई जानकारी गराइयो। वडा र नगर तहको भूमिका, जिम्मेवारी तथा समन्वयबारे अन्तरक्रिया गरिएको थियो भने सहभागीहरूले उठाएका महत्वपूर्ण प्रश्नहरूको उत्तरसमेत प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यतर्फ नतिजामुखी कार्ययोजना तयार गर्ने, बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई निरन्तरता दिने, बालअधिकारमैत्री नीति तथा संरचना सुदृढ गर्ने र बालमैत्री सिकाइ स्रोत केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख विवश चिन्तनले बालमैत्री स्थानीय शासन नगरको समग्र विकाससँग जोडिएको विषय भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि नगर, वडा, विद्यालय र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। उपप्रमुख बन्दना पाण्डेले बालअधिकार संरक्षणलाई व्यवहारमा उतार्न जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सि.ले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा प्रक्रिया, मापदण्ड र प्रशासनिक संयन्त्रको प्रभावकारी प्रयोगमा जोड दिए। कार्यक्रम पालुङटार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।

मङ्गलबार, पुष २२, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.