‘तेस्रो लिगलिगे साइकल दौड’को उपाधि आर्मीका हिमाल तामाङले जितेका छन् । ५२.८ किलोमिटर निर्धारित दूरी २ घण्टा २४ मिनेट २७ सेकेन्डमा पार गर्दै तामाङ साइकल दौड प्रतियोगितामा प्रथम भएका छन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।
दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै अच्युत कृष्ण खरेल दोस्रो बने । उनलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पााएका छन् ।
साईकल दौडमा कुमार तामाङ तेस्रो बनेका छन् उनले दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरि पार गरे । उनले ३० हजार नगद पुरस्कार पाएका छन् ।
त्यस्तै सशस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मानबहादुर थापा मगर पाँचौ भएका छन् । उनीहरुले क्रमशः १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बने । उनले निर्धारित दूरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गरेका हुन् ।उनले १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा विकास महर्जन दोस्रो बनेका छन् । निर्धारित दूरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेका उनले दश हजार नगद पुरस्कार पाए छन् ।
निर्धारित दूरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देवबहादुर बोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा दुई विदेशी नागरिक सहित कुल ३९ जनाको सहभागिता रहेको थियो । खुला साइकल दौडमा ८ महिला र ३० पुरुष मध्य २ जना अमेरिकी खेलाडीले भाग लिएका थिए ।
लिगलिगकोटबाट सुरु भएको साइकल दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–आँपपिपल अस्पताल–बनटार– भण्डारथोक–चेपेपुल– गरमबेंसी–चेपेघाट दोभान–हवाइग्राउन्ड– तालपोखरी–कालमाटा– नगरपालीकाको कार्यालय– बाह्रपिर्के–लुइँटेल– वडडाडाँ–बोहोरागाउँ–बिजुली डाँडा–खोल्ली हुँदै पुन लिगलिगकोटमा आएर टुंगिएको थियो । कार्यक्रममा शान्ति सुरक्षाको भुमिका ईलाका प्रहरी कार्यालय ठाँटिपोखरी ले गरेको थियोे भने उल्लेख रुपमा स्वयंसेवकहरु पहिचालन गरिएको थियोे ।



