पालुङटार नगरपालिका वडा नम्बर ७ सतिघाटमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । कुनाखेतमा मर्स्याङदी नदिको किनारमा शव फेला परेको ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीले जनाएको छ ।
६ फिट उचाइ भएको शव अन्दाजी ३८ वर्षको जस्तो देखिन्छ । सो शवको पहिचान हुन सकेको छैन ।
पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा पठाइ सकेको ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीका प्रमुख प्रताप पौडेलले बताउनु भयो ।



